punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ वर्ष मनाउन फर्कनेसँग मन्त्रीद्वारा नाकामै भलाकुसारी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले भारतबाट फर्किरहेका नेपालीसँग गौरीफन्टा नाकामा भलाकुसारी गर्नु भएको छ । विहानै नाका पुग्नुभएका मन्त्रीले नयाँ वर्ष तथा विसु पर्व मनाउन फर्किरहेका नेपाली कामदारहरुसँग नाकामा भलाकुसारी गरे । उनले फर्कने कामदारहरुसँग बाटोमा अप्ठ्यारो भएकोबारे जानकारी लिनुका साथै नयाँ वर्षको शुभकामा दिएका थिए ।

नयाँ वर्ष तथा विसु पर्व मनाउन दैनिक सात सयदेखि एक हजारसम्म व्यक्ति गौरीफन्टा नाका भएर फर्किरहेको नाकास्थित होल्डिङ सेन्टरमा स्थापना भएको हेल्प डेस्कले जानकारी दिएको छ । आज विहानमात्रै ५०० को हाराहारीमा नेपाली स्वदेश फर्केका छन् ।

खास गरेर कोरोना महामारीको बेला भारतबाट फर्कने र कमाउन भारततिर जाने कामदारहरुले थुप्रै समस्या भोग्ने गरेका छन् । नाकामा ठगिने, लुटिने, सुरक्षाकर्मीले पैसा असुल्नेलगायतका घटना हुने गरेकाले त्यसलाई न्यूनीकरणका लागि पहल गर्न आफू नेपालीको समस्या बुझ्न नाका पुगेको मन्त्री रावलले बताए ।

स्वदेश फर्कने नेपालीले भारतीय पक्षले पैसा नलिएको र राम्र्रैसँग आइपुगेको बताएका थिए । तर, कतिपयले नेपालमै अटो र बस चालकले भाडाका नाममा बढी पैसा असुल्ने गरेको भन्दै त्यसको समाधानका लागि पहल गर्न मन्त्रीलाई आग्रह गरेका थिए ।

मन्त्रीसँगै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका प्रमुखहरु पनि नाकामा पुग्नुभएको थियो ।


३० चैत २०७८, बुधवार १६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु