punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल परिवार दल पनि एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने

Chaupati
safha napa

नेपाल परिवार दल एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने भएको छ । बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा एमाले र परिवार दलबीच ३० वैशाखमा हुने स्थानीय चुनावमा गठबन्धन गर्ने सहमति भएको हो । सहमतिसँगै परिवार दलका उम्मेदवार सूर्य चिह्नबाटै चुनाव लड्नेछन् ।

पाँचबुँदे सहमतिपत्रमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच हस्ताक्षर भएको छ ।

सूर्य चिह्नबाट चुनाव लडेर निर्वाचित भएपछि पनि परिवार दलमै रहने सहमति पनि भएको छ । दुई दलबीच देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले परिवार दलका उम्मेदवारलाई सघाउने सहमति पनि भएको छ ।

 


३० चैत २०७८, बुधवार १६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु