punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्ताे रहला आज देशभरकाे माैसम?

Chaupati
safha napa

शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको पनि सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान गण्डकी, प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी महाशाखाले दिएको छ । यी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुनुका साथै मधेस प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

हाल देशमा भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।


१९ चैत २०७८, शनिवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु