‘आरआरआर’: एक हप्तामै ११ सय करोड आम्दानी गर्न सफल
एस.एस.राजमौलीले जब–जब कुनै फिल्म निर्माण गर्छन्, त्यो सफल हुने करिब–करिब निश्चित नै हुन्छ । ‘आरआरआर’ का बारेमा पनि मानिसहरुको अनुमान यस्तै थियो ।
तर, राजामौलीको निर्देशनमा बनेको यो फिल्म हिटमात्र होइन सुपर–डुपर हिट सावित हुनेछ भन्ने कुरा भने कमैले मात्र अनुमान गरेका थिए । जुनियर आरटिआर तथा राम चरण स्टारर यो फिल्मले बक्स अफिसमा अनुमान गरिएको भन्दा दुई गुणा बढी आम्दानी गरिरहेको छ ।
तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीबाट प्रभावित आरआरआरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।
यो फिल्मले सातौं दिनमा समेत विश्वभरीबाट ८० करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।
राम चरण तथा जुनियर आरटिआरको यो फिल्मले एक हप्तामै ११ सय २० करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
भारतीय ट्रेड एनालिस्ट मनोबाला विजयाबालनको रिपोर्ट अनुसार आरआरआरले अहिलेसम्म विश्वव्यापी ७ सय करोड भारु भन्दा बढी आम्दानी गरिसकेको छ ।
यो फिल्मले पहिलो दिन २ सय ५७ दशमलव १५ करोड भारु आम्दानी गरेको थियो ।
१८ चैत २०७८, शुक्रवार २१:३२ बजे प्रकाशित































