punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खैरो हेरोइन र नाइट्रोभेटसहित तीनजना पक्राउ

Chaupati
safha napa

मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोस्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाइट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ रहेका छन् । वीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र।३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० बर्षीया आयुषा ठकुरी रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


१८ चैत २०७८, शुक्रवार २१:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु