सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष पुरुष खेलाडीलाई मास ह्युमन रिर्सोसेजको साथ
‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई काठमाण्डौंको मास ह्युमन रिर्सोसेजले प्रायोजन गरेको छ । काठमाण्डौंको सामाखुसीमा रहेको मास ह्युमन रिर्सोसेजले अवार्डको बर्ष पुरुष खेलाडी विधालाई प्रायोजन गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मास ह्युमन रिर्सोसेज जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मास ह्युमन रिर्सोसेजका अध्यक्ष एकेन्द्र कुँवर बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लामो समयदेखि खेलकुद क्षेत्रमा आबद्ध रहदै आएकोमा आफ्नै क्षेत्रमा हुने अवार्डमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुँवरले बताए ।
१५ चैत २०७८, मंगलवार १७:०१ बजे प्रकाशित































