punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

Chaupati
safha napa

स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ। विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

शिविर यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र यही चैत २० मा सिगासको गाँजरी स्वास्थ्यचौकीमा सञ्चालन हुने जनाइएको छ। ती शिविरमा उनीहरुको स्वास्थ्योपचार र औषधि वितरण गरिने जनाइएको छ। शिविरमा अपाङ्गता भएका व्यक्तिको चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिस गरिने उनले बताए।

शिविरमा आएर निःशुल्क स्वास्थ्य जाँच गराउन आग्रह गरिएको छ। यसैबीच जिल्ला अस्पतालमा यही चैत १९ देखि २३ गतेसम्म निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा वरिष्ठ हाडजोर्नी विशेषज्ञले सेवा दिनेछन्। शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बाङ्गिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाको उपचार गरिनेछ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुनेछ। शिविरमा आएर सेवा लिनसमेत जिल्ला अस्पतालले आग्रह गरेको छ।


१३ चैत २०७८, आइतवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु