ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाईते
ताप्लेजुङको फुङलिङ नगरपालिका–९ गुरुङ गुम्बामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८ का २८ वर्षीय रुपेश राई रहेका छन् । शनिबार बेलुका ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा राईको घटनास्थलमानै मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१३ चैत २०७८, आइतवार ११:०९ बजे प्रकाशित































