punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालमा ६ महिनादेखि थन्कियो डायलाइसिस मेशिन

Chaupati
safha napa

धनगढीको सेती प्रादेशिक अस्पतालमा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्। आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ।

सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए। आपूर्तिकर्तालाई ती मेशिनको रकम भुक्तानी बारम्बार आग्रह गर्दै आए पनि सङ्घले बजेट पठाउन ढिलो गरेको उनको भनाइ छ।

सातवटा मेशिन खरिद गर्न जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग अस्पतालले एक करोड ४६ लाखमा गत असारमा सम्झौता गरेको थियो। खरिद सम्झौतापश्चात् जेएस मेडिहेल्थ कन्सर्नले गत असोजमा मेशिन ल्याएर राखेको अस्पतालले जनाएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहरमा बेला कोरोना सङ्क्रमित मिर्गौलापीडितको डायलाइसिस गर्न भएको समस्यालाई दृष्टिगत गर्दै सरकारले मेशिन खरिदका लागि अनुमति दिएको जनाइएको छ।

सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ।

डायलाइसिस सेवा दिनका लागि नर्स, चिकित्सक, मेशिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको सुपरिटेन्डेन्ट डा पाण्डेले जानकारी दिए।


१२ चैत २०७८, शनिवार १९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु