चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण
चीन सरकारद्वारा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।
नेपालका तर्फबाट परराष्ट्रमन्त्रीले साँचो लिए । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत पदाधिकारी सहकागी थिए ।
साँचो हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कदरपत्र प्रदान गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।
१२ चैत २०७८, शनिवार १९:३८ बजे प्रकाशित































