punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ठोरीमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि १० करोड लगानी

Chaupati
safha napa

मधेस प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि तत्काल १० करोड आर्थिक लगानी गर्ने निर्णय गरेको छ।  पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको प्रदेश सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट विविध पर्यटकीय क्षेत्रको विकासका लागि १० करोड लगानी गर्ने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

तराई मधेसको ‘मिनी उपत्यका’ को नामले परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेस प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरेको जनाएको छ। सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्वास लिइएको छ।


११ चैत २०७८, शुक्रवार २१:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु