punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधि लागि भिड्ने

Chaupati
safha napa

कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब  भिड्ने भएका छन्। शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन्।

पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। २५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। खेलका म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए।

शुक्रबार बिहान नै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। २५–१६ र २५–१९ से पहिलो र दोस्रो सेट जितेको पुलिस क्लबले २२–२५ र २३–२५ ले तेस्रो र चौथो सेटले गुमाएको थियो। पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो। खेलका म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भए ।

फाइनल खेल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।


११ चैत २०७८, शुक्रवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु