म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि नवजीवन अस्पताल कारबाहीमा
कैलालीको धनगढीमा रहेको नवजीवन अस्पतालले म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि कारबाहीमा परेको छ ।
अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरू उजुरी लिएर कार्यालय पुगेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गराएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।
११ चैत २०७८, शुक्रवार १८:३५ बजे प्रकाशित































