अभिनेता पल शाहविरुद्धको बहस सकियो, केही बेरमा आदेश आउने
बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको बहस सकिएको छ । बिहीबार तनहुँ जिल्ला अदालतमा बहस सकिएको हो ।
आजै शाहलाई पुर्पक्षका लागि जेल पठाउने वा धरौटीमा छोड्ने भन्ने आदेश आउने छ । तनहुँ प्रहरीले शाहविरुद्धको अनुसन्धान फाइल ७ चैतमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिकाले बलात्कार गरेको उजुरी दिएकी थिइन् । उजुरीपछि १५ फागुनमा शाह तनहुँ प्रहरीमा उपस्थित भएका थिए ।
१० चैत २०७८, बिहीवार १७:४१ बजे प्रकाशित































