मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी सेमिफाईनलमा
धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका दुई खेल भएसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो। विभागिय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ।
सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भए। बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय भए। शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन्।
१० चैत २०७८, बिहीवार १७:३० बजे प्रकाशित































