punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ तिनताराकी २६ वर्षीया माया लुहार र बेदकोट नगरपालिका–७ का पदम ओड पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बुधबार उनीहरुलाई भीमदत्त नगरपालिका–११ गड्डाचौकी ब्यारेलबाट ७ ग्राम १६ मिलीग्राम खैरो हेरोइन र ६० मिलीग्राम चरेसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। बनबासाबाट नेपाल आउने क्रममा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरु समातिएका थिए।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ।


१० चैत २०७८, बिहीवार १४:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु