कैलाली र कञ्चनपुरमा चैत्र ११ गते सार्वजनिक विदा
सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा भोली अर्थात चैत्र ११ गते सार्वजनिक विदा दिइएको छ ।
शुक्रबार राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले २ जिल्लामा विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।
१० चैत २०७८, बिहीवार १३:३० बजे प्रकाशित































