punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका नौ विद्यालय तीनतारे घोषणा

Chaupati
safha napa

बैतडीका ९ वटा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेका हुन्।

जिल्लाको शिवनाथ गापाका ४ र पञ्चेश्वर गापाका ५ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएको हो। विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गरी विद्यालयलाई तीनतारे घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए।

खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो। उनले भने, ‘खानेपानी, शौचालय, सफा र स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन लगायतका सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएका हुन्।’

तीनतारे विद्यालय घोषणा हुनेमा पञ्चेश्वर गापाका प्रगति आधारभूत विद्यालय, देवथला माध्यमिक विद्यालय, नागार्चन आधारभूत विद्यालय, कुलाउ माध्यमिक विद्यालय र सोमेश्वर मावि छन्। यस्तै शिवनाथ गापाका जिम्मेश्वर आधारभूत विद्यालय, खम्पाल आधारभूत विद्यालय, कैलपाल आधारभूत विद्यालय र शिवपूर्ण आधारभूत विद्यालय छन्।

तीनतारे घोषणा भएका विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचक पूरा भएका शिवनाथ गापाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्।

तीनतारे सुनिश्चिता घोषणाका लागि विद्यालय स्वच्छ पिउने पानीसहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङ्ख्याअनुसार सफा, सुरक्षित स्थानमा बालबालिका लैंगिक अपांगता, वातावरणमैत्री शौचालय, वातावरणीय सरसफाइ हरियाली वातावरण र स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थसहितको भान्सा घर, विपद् जोखिम व्यवस्थापन, प्रवर्धन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्छ।


८ चैत २०७८, मंगलवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु