punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो। आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ। हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो।


९ चैत २०७८, बुधवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु