punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कमरेड करिश्मा !

Chaupati
safha napa

अभिनेत्री करिश्मा मानन्धरको राजनीतिक करिअरमा नयाँ घुम्ती आएको छ । उनी मंगलबारदेखि ‘कमरेड’ बनेकी छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित समारोहमा करिश्मालाई पार्टी प्रवेश गराए ।

एमाले प्रवेश गर्न करिश्मा रातो सारीमा कार्यक्रमस्थल पुगेकी थिइन् । सुटिङ भइरहेको एउटा म्युजिक भिडियोबाट ब्रेक लिएर उनी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पुगेकी थिइन् । रातो सारी र करिश्माको किस्सा चाहिं रोचक छ ।

केही वर्षअघि दशरथ रंगशालामा रातो सारी लगाएरै उनी डा.बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन् । बाबुरामको दल छाडेर उनी बीचमा कमेडी विथ मुन्द्रेको टीभी शोमा ब्यस्त भइन् । त्यसबीच उनले मुलुकमा राजसंस्था आवश्यक भएको प्रतिक्रिया पनि दिएकी थिइन् ।

गत साता अनलाइनखबरसँग कुरा गर्दै करिश्माले एमालेको सिद्धान्त मन परेकाले आफू पार्टी प्रवेश गर्न लागिरहेको बताएकी थिइन् । करिश्माको एमाले प्रवेशको पृष्ठभूमि चाहिं रातारात भएको होइन ।कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन् । ओलीले सोही बेलादेखि नै करिश्मालाई पार्टी प्रवेश गराउन पहल गरेका थिए ।


८ चैत २०७८, मंगलवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु