सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताए ।
उनकाअनुसार आज दिउँसोपछि प्रदेश-१ का पहाडी क्षेत्रका एकर दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । भोलि भने प्रदेश-१ सहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।
८ चैत २०७८, मंगलवार ०९:१० बजे प्रकाशित































