punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्जित डाेजाेद्वारा २८ जना खेलाडीलाई राहत वितरण

Chaupati
safha napa

कंचनपुर पुनर्वासमा रहेको मन्जित डाेजाेले लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीहरुलाई राहत वितरण गरेको छ। विभिन्न संघसस्थाका साथै राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुर पश्चिम प्रदेशको विशेष सहयोग राहात वितरण गरिएको मन्जित डाेजाेका अध्यक्ष कृष्ण दत्त पन्तले बताउनुभयो।

राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुर पश्चिम प्रदेश, महाबिर सप्लायर्स पार्कमोड, शारदा राईस मिल, नेपाल बैंक लिमिटेड धनगढीमा कर्यरत बिदुर तिमल्सिना, पुनर्वास १० युवा समूह तथा पत्रकार केशब भट्टराईको सहयोगमा २८ जना खेलाडीहरुलाई राहात वितरण गरिएको मन्जित डाेजाेका प्रशिक्षक नरेन्द्र गुरुङले जानकारि दिनुभयो।

कोरनाका कारण खेल जगत पुरै ठाप्प परेको बताउदै खेलाडीहरुलाई समेत दैनिक जिबिकोपार्जनमा समस्या भएकाले मन्जित डाेजाेले गरेको राहत वितरण धेरै नै राम्रो भएको लालझाडी युबा क्लबका अध्यक्ष कासिराम बोहराले बताउनुभयो।

डाेजाेका अध्यक्ष पन्तले लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीलाई राहत वितरणका लागि सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताउनुभयो।


६ जेठ २०७७, मंगलवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु