punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज पनि कैलालीको गौरीफन्टा नाकाबाट २ सय ७६ जना नेपालीको उद्धार

Chaupati
safha napa

धनगढी,जेठ ३ । भारतका विभिन्न क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई कैलालीको गौरीफन्टा नाकाबाट आज पनि उद्धार गरिएको छ ।भारतको लखिमपुर स्थित पलियाँमा क्वारेन्टाइनमा राखिएका २ सय ७६ जना नेपालीहरुलाई आज दोस्रो दिन नेपाल प्रवेश गराइएको हो ।

यसैगरी नेपालको कैलाली कञ्चनपुरका विभिन्न स्थानहरुमा क्वारेन्टाइनमा राखिएका ४ सय भारतीय नागरिकहरुलाई भारत पठाएकोे छ ।

४९ दिन देखि घर आउने आशमा भारतीय क्वारेन्टाइनमा सास्ती बेहोर्दै आएका नेपालीहरु नेपाल प्रवेश गर्न पाउँदा युद्ध जितेका सिपाही जस्तै मुहारमा खुशी झल्किरहेको छ ।दोश्रो दिन शनिबार नेपाल प्रवेश गर्नेहरु चितवन , पर्वत , कैलाली ,कञ्चनपुर , बैतडी , काठमाडौ , पाल्पा लगायत जिल्लाका नागरिक रहेका छन् ।


३ जेठ २०७७, शनिवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु