धनगढीमा आजदेखि साहित्य महोत्सव सुरू
धनगढीमा आजदेखि साहित्य महोत्सव २०७८ सुरू भएको छ । आजदेखि सुरु भएको महोत्सव फागुन २१ गते सम्म सञ्चालन हुनेछ । नेपाली साहित्य महोत्सवको उद्धघाटन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका छन् ।
महोत्सव आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले नेपाली भाषा संस्कृतिको उजागर गर्ने तथा सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तराष्टिय स्तरसम्म जोड्ने उद्देश्यले महोत्सवको आयोजना भएको बताए ।

महोत्सवमा विभिन्न ठाउँबाट दुई सय भन्दा बढी साहित्यकारको उपस्थिती रहेको छ । उनीहरुको उपस्थितीमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

१९ फागुन २०७८, बिहीवार १५:०० बजे प्रकाशित































