पोखरीमा डुबेको अवस्थामा महिलाको शव फेला

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा  एक महिलाको शव फेला परेको छ ।

गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ । जिल्लाको मुसिकोट नगरपालिका(५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए ।

घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


१९ फागुन २०७८, बिहीवार १४:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु