punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रुससँगको युद्धमा ९ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी

Chaupati
safha napa

युक्रेनको सेनाले रुससँगको जारी युद्धमा हालसम्म ९ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले ट्विट गर्दै यस्तो दाबी गरेको हो ।

उता रुसको रक्षा मन्त्रालयले भने एक दिनपहिले युक्रेनसँगको युद्धमा आफ्ना ४९८ सैनिक मारिएको स्वीकार गरेको बीबीसीले जनाएको छ । रुसले १५९७ सैनिक घाइते भएको पनि जनाएको छ ।

युद्धका क्रममा रुसतर्फ ९ हजार सैनिक, २१७ ट्याङ्क, ३० एयरक्राफ्ट, ३१ हेलिकोप्टरलगायतको नोक्सान भएको युक्रेनी सेनाको दाबी छ ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले देशवासीका नाममा सम्बोधन गर्दै युक्रेनले रुसको सेना रोक्न सकेको बताएका थिए । उनले रुसी सेनासँगको लडाइँ जारी राख्न आह्वान गरेका छन् ।

 


१९ फागुन २०७८, बिहीवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु