कैलाली काँग्रेस अधिवेशन अन्तर्गत  मतगणना आज हुने

नेपाली काँग्रेस कैलालीको अधिवेशन अन्तर्गत आइतबार भएको मतदात सम्पन्न भएको छ। जिल्ला नेतृत्व चयनका लागि हिजो मतदात सम्पन्न भएको हो। २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मत खसेको निर्वाचन कार्यलयले जनाएको छ।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार मतगणना आज हुने भएको छ । जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेल सभापतिमा उम्मेदवार छन्।

 


१६ फागुन २०७८, सोमवार ०९:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु