बनेपाको पुलबजारमा भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु

अरनिको राजमार्गअन्तरगत काभ्रेपलान्चोकको पुलबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ ।

यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ । उक्त शंकास्पद वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ । उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।


१६ फागुन २०७८, सोमवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु