एमसीसी अनुमोदन गर्ने नेकपा एसको निर्णय
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पनि सत्ता गठबन्धनमा भएको सहमतिको अनुमोदन गर्दै एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्ने निर्णय गरेको पार्टीकी सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बताइन् ।
आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने सहमति गरेको थियो ।
१५ फागुन २०७८, आइतवार १६:४९ बजे प्रकाशित













