चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला
चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कुदौली रेञ्ज पोष्टको भित्री क्षेत्रमा अन्दाजी २० वर्षको गैंडा मृत अवस्थामा फेला परेको हो ।
निकुञ्जका अधिकारीहरुले गैंडा आपसमा जुधेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । गैंडाको खाग, खुर सुरक्षित अवस्थामा रहेकाले उक्त अनुमान गरिएको हो ।
यसअघि फागुन ९ गते निकुञ्जको खोरिया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा गैंडाको पाँच/छ महिनाको मृत बच्चा फेला परेको थियो ।
१५ फागुन २०७८, आइतवार १६:३३ बजे प्रकाशित












