punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमञ्चल क्याम्पस र युनिग्लोब कलेजबीच समझदारी

Chaupati
safha napa

धनगढीको सुदूरपश्चिमञ्चल क्याम्पस र काठमाण्डौको युनिग्लोब कलेजबीच आपसी सहयोग आदानप्रदान तथा प्राज्ञिक गतिविधि सञ्चालन सम्बन्धी समझदारी भएको छ ।
धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्र बहादुर शाही र युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल डाक्टर नरबहादुर विष्टबीच समझदारी पत्र आदानप्रदान भएको छ । समारोहमा सुदूरपश्चिमञ्चल क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्याय तथा कार्यक्रम निर्देशकहरू र युनिग्लोब कलेजका प्राज्ञिक निर्देशक डक्टर राधेश्याम प्रधान, निर्देशक डक्टर गंगाधर दाहाल र कार्यक्रम निर्देशक अनन्त घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्झौता अनुसार दुई शैक्षिक संस्थाहरूबीच शैक्षिक र अनुसन्धानका लागि सहकार्य हुनेछ । यस अन्तर्गत संकाय र कर्मचारी सदस्यहरूको आदानप्रदान तथा विद्यार्थी आदानप्रदान गरिनेछ ।
आपसमा संयुक्त अनुसन्धान र परियोजना कार्यहरू सञ्चालन गर्ने र शैक्षिक एवं प्रज्ञिक अभिवृद्धिका लागि संयुक्त सम्मेलन र सेमिनार आयोजना गरिने क्याम्पसले जनाएको छ ।

सुदूर पश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्यायले यस सम्झौताले दुवै संस्थाबीच संयुक्त सांस्कृतिक आदानप्रदान कार्यक्रम सहित संयुक्त परामर्श सेवाहरू सञ्चालन गर्न सहयोग पुग्ने बताए। दुई शैक्षिक संस्थाहरू बीचको सामंजस्यपूर्ण सम्बन्ध बढाउन अन्य सहयोगी गतिविधिहरूसमेत सञ्चालन गरिने उनले बताए ।


१५ फागुन २०७८, आइतवार १४:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु