punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

९२ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप आउँदै

Chaupati
safha napa

कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाले जनाएअनुसार केही हप्ताभित्रै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सरकारले थप ९२ लाख मात्रा फाइजर खोप आउन लागेको हो।

शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार यो खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल भित्रन लागेको बताए।  सरकारले यसअघि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर र मोडर्ना खोप दिँदै आएको थियो। अब छुटेका बालबालिकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो मात्रा र आवश्यकताअनुसार बुस्टर डोजका लागि पनि यो खोप लगाउने तयारी भइरहेको उनले बताए।

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने निर्णय गरिसकेको छ। त्यसका लागि ८४ लाख मात्रा खोप समेत खरिद प्रक्रिया अगाडि बढाइएको छ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जन्सन फाइजर र मोडर्ना खोप कोभिडविरुद्ध प्रयोग हुँदै आएको छ।

 


१५ फागुन २०७८, आइतवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु