आज आफैँ प्रहरीसमक्ष उपस्थित हुने पल शाहको घोषणा

अभिनेता पल शाहले आफैँ आज प्रहरीसमक्ष उपस्थित हुने बताएका छन् । एक गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका शाहले आज आफैँ उपस्थित हुने बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्य स्थिति बिग्रेका कारण समयमै प्रहरी समक्ष उपस्थित हुन नसकेको बताएका छन् ।

नेपालको कानुनलाई सम्मान गर्दै प्रहरी समक्ष आफैँ उपस्थित हुने बताएका हुन् ।


१५ फागुन २०७८, आइतवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु