सुन तोलामा एक हजार ४०० रुपैयाँले घट्यो

साताको पहिलो दिन सुनको भाउ प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।


१५ फागुन २०७८, आइतवार १२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु