punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न

Chaupati
safha napa

थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिबद्धतासहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ। कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र जारी गरेको छ।

थारू मातृ भाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकामा विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ। घोषणापत्रमा भनिएको छ, “थारू समुदायका विषयवस्तु उठानका साथै आख्यान विधाका स्रष्टालाई आकर्षित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छन्।”

थारू लेखक सङ्घ नेपालद्वारा स्थापित थारू भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टालाई सम्मान र पुरस्कारका लागि अक्षयकोष रकम बढाउने सम्मेलनले निर्णय गरेको छ।


१५ फागुन २०७८, आइतवार ११:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु