सेती प्रयोगशालामा शनिबार थप चार जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार थप चार जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३१ नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा तीा जना संक्रमितको उपचाररत छन् । यस्तै दुइ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
१४ फागुन २०७८, शनिवार १४:१३ बजे प्रकाशित































