अछामको जयगढ बजारमा चोरी
अछामको जयगढ बजारमा चोरी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारका पसलहरूबाट धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
जयगढ बजारमा रहेको एक इलेकट्रोनिक पसल र जयगढ नजिकै पर्ने तिमिल्सैन झुलेली गडामा रहेको किराना पसल तथा होटलमा शुक्रवार राति चोरी भएको हो ।
जयगढ रोड बजारमा रहेको मंगलासैनी मोबाइल ग्यालरीबाट नगद र बिभिन्न सामान सहित ३ लाख बराबरको चोरी भएको संचालक नवराज खत्रीले बताएका छन् ।
पसलका संचालक खत्रीका अनुसार चोरले बिभिन्न कम्पनीका मोबाइल सेट, इलेकट्रोनिक्सका विभिन्न सामान र नगद १३ हजार चारेर लगेका हुन् ।
साँझ ताला लगाएर बन्द गरेको पसल बिहान खुला देखेपछि पसलभित्र हेर्दा चोरी भएको शनिवार बिहानमात्र थाहा पाएको खत्रीको भनाइ छ ।
१४ फागुन २०७८, शनिवार १७:२१ बजे प्रकाशित































