धनगढीका सिमामा नगरप्रमुखको अवलोकन
धनगढी, बैशाख ३० । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीमा भर्ने नेपाल भारत सिमानाकाको अवलोकन गरेका छन् ।
हावाहुरीले सिमामा खटिएरका सशस्त्र प्रहरीका चेकपोष्टमा क्षेति पु¥याएको सूचना पाएपछि सोमबार सशस्त्र प्रहरी उपरिक्षक कमल राज तिउसिना र प्रहरी निरिक्षक गोविन्द सिंहका साथ सिमामा पुगेका हुन । नगरप्रमुख वडले आवश्यकता अनुसार धनगढी उप–महानगरपालिका क्षेत्रमा पर्ने १३ वटै अस्थायी चेकपोष्ट निर्माणका लागि बजेटको ब्यबस्था गरिने बताए । सशस्त्र प्रहरीको घुईयाँघाटमा चेकपोष्ट निर्माणका लागि आफुहरुले सहयोग गरिरहेको बताए ।
हावाहुरीका कारण अस्थायी चेकपोष्टहरु उडाएको रहेछ नगरप्रमुख वडले भने, वहाँहरुले सिमा रक्षा र चोरीतस्करी रोक्नका लागि पु¥याएको योगदानको जती बर्णन गरेपनि कम हुन्छ । दशगजामा नै टेन्ड राखेर सशस्त्र प्रहरीले डिउटी गरिराखेका छन् नगरप्रमुख वडले भने, सबै स्थायीय सरकारले आफ्नो क्षेत्रमा पर्ने अस्थायी वा स्थायी चेकपोष्ट निर्माणमा सहयोग गरेमा राहत पुग्ने देखिन्छ ।
प्रहरी उपरिक्षक कमल राज तिउसिनाले समस्याका बिच पनि सिमामा आफुहरु खटिरहेको बताए । उनले एक सय एक किमी लामो भारतसंग जोडिएको कैलालीका सीमानामा ४२ वटा अस्थायी पोष्ट र एक सय २१ ड्युटी पोष्टमा समेत गरी सशस्त्र प्रहरी झण्डै ६ सय सशस्त्र प्रहरी कार्यरत रहेको बताए । अधिकांश ड्युटी पोष्ट पालमा रहेका छन् प्रहरी उपरिक्षक तिउसिनाले भने, सीमा सुरक्षामा खटिएका सुरक्षामा खटिएका सशस्त्र प्रहरी हुरी चल्न थालेपछि पाल जोगाउन लाग्छन् ।
बत्ती छैन । मोवाईल चार्ज गर्न पाईदैन । पानीको धारा छैन, उनले भने, पानी लिन पनि कतिपय पोष्टबाट चार किमी देखि सात किमी टाढा जानुपर्छ । कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तिहरुलाई सीमाबाट भित्रिन नदिन अस्थायी र ड्युटी पोष्टहरु स्थापना गरेको हो ।
३० वैशाख २०७७, मंगलवार ०२:५४ बजे प्रकाशित













