punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेनाको सुदूरपश्चिम पृतना दिपायलबाट कैलाली सर्‍यो

Chaupati
safha napa

डोटी,बैशाख ३० । नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ। विसं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो।

स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ। देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि उक्त सेनाको पृतना कैलाली सारिएको हो।

पृतना कैलाली सरेपछि कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भएको सेनाले जनाएको छ।


३० वैशाख २०७७, मंगलवार ०६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु