punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष शाही धरौटिमा छुटे

Chaupati
safha napa

धनगढी,बैशाख २९ । कैलालीको गोदावरी नगरपालिका वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाही धरौटिमा छुटेका छन् ।जिल्ला अदालत कञ्चनपुरले २५ हजार धरौटीमा छोड्न आदेश दिएपछि उनलाई छोडिएको हो ।

जिल्ला अदालतका न्यायधिश गोपालप्रसाद बास्तोलाको इजलासले दिएको आदेशपछि वडा अध्यक्ष शाही धरौटी रकम दिएर रिहा भएका हुन् ।

गएको चैत महिनामा कञ्चनपुरमा हातहतियार र नगद सहितको गाडी बरामद भएपछि आफै जिल्ल प्रहरी कार्यालय कञ्चनपुरमा उपस्थित भएका वडा अध्यक्ष शाही आज धरौटीमा छुटेका हुन्।

वडा अध्यक्ष शाहीले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको डिएल ३ सिसिआर ३९९७ नम्बरको कार हतियार सहित सशस्त्र प्रहरीले कञ्चनपुरबाट बरामद गरेको थियो ।प्रहरीले उक्त गाडीवाट प्वाइन्ट टु–टु एसलआर एक थान, त्यसको बुलेट १४ थान, एअर गन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरेको थियो ।


२९ वैशाख २०७७, सोमवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु