एकैदिन तोलामा २५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
१२ फागुन २०७८, बिहीवार १२:२० बजे प्रकाशित































