punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्ताे रहला आज दिनभरकाे माैसम?

Chaupati
safha napa

देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजकाे माैसममा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सूदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 


१२ फागुन २०७८, बिहीवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु