विवाहमा कुटाकुट हुँदा युवकको मृत्यु भएको घटनामा संलग्न दुई जना पक्राउ
कैलालीमा विवाहमा कुटपिटपछि युवकको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका वडा नं ९ मा विवाहमा केही युवाहरु बिच झडप हुँदा २६ वर्षीय बसन्त चौधरीकोे मृत्यु भएको थियो ।
प्रहरीले हत्या आरोपमा भजनी–९ कै दिनेश बिष्ट र लक्ष्मण बराललाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको जनाएको छ । यस्तै घट्नामा ५, ६ जनाको संलग्नता रहेको हुँदा अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
फागुन ७ मा विवाहमा नाचगान गर्ने क्रममा आपसमा विवाद भएपछि झगडा भएको र कुटपिटबाट चौधरी घाईते भएका थिए । उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा फागुन ८ गते मृत्यु भएको थियोे ।
११ फागुन २०७८, बुधवार १९:५५ बजे प्रकाशित































