भीआईपी सुरक्षामा खटिएका सशस्त्रलाई सीमा सुरक्षामा खटाउँदैछौंः मन्त्री ज्ञवाली
काठमाडौं, २९ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सरकारले सीमा सुरक्षाका लागि खटाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै उक्त निर्णयबारी जानकारी दिएका हुन् । भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिँदै उनले भने, ‘भीआईपी सुरक्षामा सशस्त्र प्रहरीलाई खटाइँदै आएकोमा अब त्यहाँबाट झिकेर सबैलाई सीमामा खटाउने निर्णय भएको छ ।’
मन्त्री ज्ञवालीका अनुसार सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । उनले सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन वृद्धि गर्न सरकारले जोड दिइरहेको बताए ।
२९ वैशाख २०७७, सोमवार ०६:४५ बजे प्रकाशित













