punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा आजदेखि लकडाउनको स्वरुप परिवर्तन

Chaupati
safha napa

धनगढी,बैशाख २९ । कैलालीमा आज अर्थात सोमबारदेखि लकडाउनको स्वरुप परिवर्तन भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयले पठाएको पत्रअनुसार मन्त्रिपरिषद्ले २४ वैशाखमा गरेको निर्णयलाई नै कार्यान्वयन गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे गरेको निर्णयका सूची सार्वजनिक भएको छ।

यस अवधिमा प्रक्रिया पुर्‍याएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न पाइनेछ। उक्त अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा विक्री वितरण, खाद्यवस्तु लगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण गर्न पाइनेछ।

यस्तै, खाद्य वस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक वस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरू सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गागिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी सेवालाई सञ्चालन गर्न सकिने जनाइएको छ।


२९ वैशाख २०७७, सोमवार ०३:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु