कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ ।हुलाकी राजमार्गअन्तर्गत भजनी नगरपालिका-३ बेलाबोजीमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक टीकापुर नगरपालिका-६ का अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मोटसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएकाउनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको हो । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुुनसक्ने प्रहरीले जनाएको छ ।
८ फागुन २०७८, आइतवार ०९:४४ बजे प्रकाशित































