punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘आज कि एमसिसी टेबल हुन्छ कि गठबन्धन बिसर्जन हुन्छ’

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्। उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’

आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे। एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्।

सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ। वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको छ।

 


८ फागुन २०७८, आइतवार ०९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु