कैलालीमा लागूऔषधसहित २ युवक पक्राउ
कैलालीमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय लम्की र ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीको संयुक्त प्रहरी टोलीले लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी नयाँ बस्तीबाट २ जनालाई पक्राउ गरेको हो।
नयाँबस्ती बस्ने नरबहादुर बिष्टको घरबाट उनका छोरा अन्दाजी २२ वर्षीय बिरेन्द्र बिष्ट र सोहि ठाउँ बस्ने अन्दाजी २८ वर्षीय राज सुनारलेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। लागु औषध(खैरो हिरोईन) बिक्रि बितरणको लागी पुडिया (पोका) बनाई राखेको अवस्थामा फेला पारी पोका पारी राखिएको ९ ग्राम १५० मिलिग्राम लागु औषध (खैरो हिरोईन) सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका दुबैजना माथि ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
७ फागुन २०७८, शनिवार २१:३१ बजे प्रकाशित































