punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसी भोलिको संसद बैठकको कार्यसूचीमा परेन

Chaupati
safha napa

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची शनिबार सार्वजनिक गरिएको छ । संसद सचिवालयले जारी गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने विषय समावेश छैन ।

एकमात्र कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । शनिबार प्रकाशित कार्यसूचीमा आइतबार पुनः फेरबदल गर्न सकिने व्यवस्था भएकाले कार्यसूचीमा अन्य विषय पनि थपिन सकिनेछन् ।

सरकारले एमसीसी संसदबाट अनुमोदनका लागि टेबल गर्ने तयारी गरिरहेको छ ।


७ फागुन २०७८, शनिवार २१:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु