punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फिलिपिन्समाथि नेपालको सहज जित

Chaupati
safha napa

टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गर्‍यो।प्रारम्भिक ब्याटर कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।

ब्याटिङ गरेर २१८ रन जोडेको नेपालले फिलिपिन्सलाई ८२ रनमा नै अल आउट गरेको थियो।लगातार दुई विजय सँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।

अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ।ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।

 


७ फागुन २०७८, शनिवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु